Monday, September 23, 2019

सकरात्मक साेच राखाैँ

तिमी असल छाै । तिमी ज्ञानी छाै । तिमी समझदार छाै । तिमी मिलनसार छाै । तिमी अरूको अालाेचना गर्दैनौं । तिमी अरूकाे विरोध गर्दैनौं । तिमी अरूलाई उत्प्रेरणा दिन्छौ । तर याे पनि हाे, सबैले अाफुलाई यही ठानीरहेका हुन्छन् कि तिनीहरू पनि त्यस्तै गर्छन् । सबैले साेच्छन्  उनीहरूका लागि सहि गरिरहेका हुन्छन् । मात्र साेच्ने , व्यवहार गर्ने र काम गर्ने शैली फरकफरक हुन्छ ।

कसैको पनि जिन्दगी पूर्ण हुदैन । मृत्यु पर्यन्त मानिसले केही राम्रो गर्ने साेचिरहन्छ । त्यो अाफ्नाे लागि मात्र पनि हुन सक्छ । अरूका लागि पनि हुन सक्छ । महान त ति हुन जसले अरूका लागि पनि साेच्छन् । जसले पनि धेरै राम्रो गरकै ठान्छन् । अपसाेच ! त्यो अरूका लागि धेरै नराम्रो पनि भईदिन सक्छ । फरक हुन्छ विषय र सन्दर्भ । अनि कसरी एक र अर्काको विचार मिल्न सक्छ ? सबैले अाफुलाई असल नै ठान्छन् । याे सत्य हाे । त्यो सत्य अरू कसैको लागि खराब भईदिन सक्छ । यो पनि सत्य हाे ।

अाफु भित्रकाे सिंगो एक मात्र 'म' त विद्रोहमा हुन्छ । अान्तरिक द्वन्द मच्चाउने गर्छ । याे गरूँ कि त्यो गरूँ । यहाँ जाउँ कि त्यहाँ जाउँ । याे खाउँ कि त्यो खाउँ । यसरी हरेक 'म' भित्र त खैलाबैला हुन्छ भने कसरी कुरा मिल्न सक्छ 'म' र अर्को 'म' काे ? त्यही एउटा 'म' र अर्को 'म' बिचकाे पुलको काम गर्छ अापसी समझदारीले । एक अर्का बिचकाे बुझाईले । हाे, बुझाईमा समझदारी गरिनुपर्छ । किनकि कुनै पनि मानव प्राणी एक र अर्काकाे भावना , विचार अनि बुझाई फरकफरक हुन्छ । कसै कसैकाे मेल खान्छ , त्यो संयाेग मात्र हाे ।

Featured Post

Class 11 (Compulsory) An Astrologer’s Day a short story by R.K. Narayan, Words meanings

  Class 11 (Compulsory) An Astrologer’s Day a short story by R.K. Narayan Words Meanings 1. Cowrie shells: small, glossy shells often us...